Thursday 29th October 2026

नेपाली क्रिकेटका कप्तान पारस खड्काले दिए राजीनामा


तितोपाटी- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्का कप्तानको जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले करिब एक दशकदेखि सम्हाल्दै आएको नेपाली टोलीको कप्तानीको जिम्मेवारी आजैबाट त्यागेको बताएका हुन्।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ पारसले विज्ञप्तिमा भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’ दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका हुन्।

उनी नेपालको टी-२० तथा एकदिवशीय दुवै टोलीका कप्तान थिए।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...