Thursday 22nd October 2026

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु


तितोपाटी – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यस अघि दश जनाको मृत्यु भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो।

मृतक ११ मध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घटनास्थल रहेको वडाका वडाध्यक्ष जीवन थापामगरले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको बताए। उक्त गाउँपालिकाको सिपाटारबाट बस काठमाडौँ जाँदै थियो। बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...