Sunday 16th August 2026

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु


तितोपाटी – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। यस अघि दश जनाको मृत्यु भएकोमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको हो।

मृतक ११ मध्ये पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन्। अन्य पाँच जनाको भने सनाखत भएको छैन।

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घटनास्थल रहेको वडाका वडाध्यक्ष जीवन थापामगरले कतिपय घाइतेको अवस्था चिन्ताजनक रहेकाले उनीहरुलाई हेलिकप्टरबाट उपचारमा पठाउने प्रयास भइरहेको बताए। उक्त गाउँपालिकाको सिपाटारबाट बस काठमाडौँ जाँदै थियो। बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...