Monday 24th August 2026

आज फूलपाती, गाेरखा दरबारको फूलपाती हनुमानढोका ल्याइँदै


तितोपाटी- बडादशैंको सातौं दिन आज फूलपाती । शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपातीका रुपमा भित्र्याइन्छ ।यसरी भित्र्याइएको नवपत्रमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल पनि आजैबाट बढेको छ ।
पेसा र व्यवसायका लागि मूलघरबाट टाढा रहेका मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम पनि जारी छ ।यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । परम्परा अनुसार गोरखा दरबारको दशैंघरबाट पठाइएकाे फूलपाती काठमाडाैँ ल्याइन्छ । जमलमा ल्याई प्रोसेशन र हर्ष-बढाइँका साथ हनुमानढोका स्थित दशैँघरमा भित्र्याइन्छ । साेही प्रचलन अनुसार आज पनि गाेरखा दरबारकाे फूलपाती हनुमानढाेका भित्र्याइँदैछ


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...