Tuesday 28th July 2026

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी


तितोपाटी-नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीत हँसिल गरेको छ ।

अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरी निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न २७ औं साधारण सभा तथा निर्वाचनबाट लोकतान्त्रिक समुहले पहिलो पटक प्यानल नै जीत हाँसिल गरेको हो । संघको चुनावमा ६२१ जनाले मतदान गरेका थिए । संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रालिका सञ्चालक कमल तामाङ्गले जीत हाँसिल गरेका छन् ।

मेनपावर लिंक प्रालिका सञ्चालक कमलदेव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मत, एसआरके नेपाल प्रालिका सञ्चालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३६० मत सहित बिजयी भएका छन् । त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रालिका सञ्चालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरेका छन् ।

सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सिएसटि सिजन प्रालिकी सञ्चालिका इन्दिरा गुरुङ्गले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन् । १ सय ६८ मतका साथ सबैभन्दा बढी मतान्तरले बिजयी हुनेमा कोषाध्यक्ष इन्दिरा गुरुङ्ग रहेकी छिन् ।

संघको सदस्य पदमा डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रालिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबाहादुर लिम्बु छन् ।

त्यस्तै नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल बिजयी भएका छन् ।

साभार खबर हब


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...