Sunday 12th October 2025

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्ष बनिन निरुमाया खड्का


तितोपाटी- सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आयोजनामा दोश्रो बार्षिक उत्सव तथा पहिलो अधिवेशन, साथै सुदुर सांगीतिक धमाका-२०१९ हिजो सुक्रवारको दिन, कुवेतको हवाली स्थित व्वाइस स्कट एसोशिएसनको हलमा भव्यरुपमा सम्पन्न भएको छ।

२०-सेप्टेम्बरको दिन सम्पन्न उक्त अधिवेशनबाट नव निर्वाचित निरुमाया खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

दीप प्रज्वलन संगै नेपाली राष्ट्रिय गानबाट सुरु भएको अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रममा समाजका अध्यक्ष अमर खड्काको सभापतित्व तथा नेपाली राजदुतावास कुवेतका माहामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।बिशिस्ट अतिथिमा पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष- हरिकृष्ण न्यौपाने, एन आर एन ए कुवेतका अध्यक्ष- सुजन केसी रहेका थिए।वक्ताहरुले समाजको विकासका लागि यस संस्थाले पुर्याएको योदानको समेत प्रशंसा गरेका थिए ।

कार्यक्रममा ३०० सय भन्दा बढी दर्शक र कुवेतस्थित विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन  संयुक्त रूपमा नबराज पन्थी र सुरेश ग्यावाले गरेका थिए। स्वागत मन्तव्यमा निरुमाया खड्का रहेकी थिइन् भने, गीता बिश्वकर्माद्वारा स्वागत नृत्य सँगै सुरु भएको सांगीतिक माहौलमा निकै तातेको थियो

कार्य समितिको अध्यक्ष निरुमाया खड्काले, विगतका रचनात्मक कार्यहरुलाई निरन्तरता दिँदै अल्पकालिन र दीर्घकालीन योजनाका साथ नयाँ कार्य समितिले स्थानीय रूपमा रहेका सम्पूर्ण संघसंस्थासंग हातेमालो गर्दै कार्य शुरुगर्ने बताइन ।यस अघि संस्थाको कोषध्यक्षमा रहेकी निरुमाया कुवेतका विभिन्न संघ संस्थामा आवद्ध रहदै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन।निरुमायालाई गजलकार भनेर पनि चिनिने गरिन्छ।

सांगीतिक धमकालाई धमाकेदार रुपमा सम्पन्न गर्न अथिति कलार, नेपाल आइडल सिजन दुइका बिजेता रवि ओड, संगै गायक तथा मोडेल चक्र बमलाइ नेपालबाट आमन्त्रित गरिएको थियो। गायक चक्र बम र रवि ओडको थुप्रै चर्चित गीतले उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरे । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो भने देउडा गीतको साथै देउडा खेलेर भरपुर मनोरञ्जन गरिएको थियो।

त्यस्तै समापान कार्यक्रममा बोल्दै अमर खड्काले कार्यक्रम सफल गराउनको लागी नेपाली राजदुतावास कुवेत ,कलाकार, सक्रिय संघ संस्था, पत्रकार र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवा गर्दा जात, धर्म, लिंग र वर्ण भन्दा माथि उठेर गर्नु पर्ने बताउदै आफ्नो कार्यकालको अवधि भर समिति भित्र र बाहिर रहेर सहायोग गर्नु हुने सबैलाई धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।

संस्थाको नया कार्यसमिति यस प्रकार रहेकोछ।

अध्यक्ष- निरुमाया खड्का बरिष्ठ-उपाध्यक्ष- भिम रावत,उपाध्यक्ष- धर्म रावत, महा- सचिब :मान बहादुर बलायर,सचिब – गगन बिष्ट, कोषाध्यक्ष- कालु सिंह बुढा, सह-कोषाध्यक्ष – हेमराज न्यौपाने

सदस्यहरु- गणेश चन्द,कालू नगरी,महेश जोशी, घनश्याम भट्ट,गणेश ताम्राकार, गोबिन्द आउजी, सिध्द भण्डारी, महेश कुमार,नमराज भट्ट, मदन चन्द, बिजय आउजी, गिताराना भाट, कुमारी देवी बोहोरा, अमर खड्का, नबराज धामी, सरिता रोकाया,चक्र ब चलाउने, जग बहादुर खत्री
प्रमुख अभियन्ता एवम संरक्षक- अमर खडका, संरक्षक- राजन बम, बिकास सिंह, सल्लाहकार- पुष्कर सिंह धामी, पुष्कर खड्का


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...