Wednesday 30th September 2026

नेपालगञ्जमा पर्यटनमन्त्री विरूद्ध नारावाजी, हातपात गर्ने प्रयास


तितोपाटी – नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातकाे प्रयास भएको छ । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलाे भएको भन्दै यात्रुहरूले हातपातकाे प्रयास गरेका हुन् ।

बेलुकी ६ बजे २५ मिनेटमा उड्नु पर्ने बुद्ध एयरको विमान मन्त्री भट्टराई आउन ढिलाइ भएपछि एक घण्टा ढिलो भएकाे थियाे । जसले गर्दा यात्रु र यात्रुका आफन्त आक्रोशित भएको बाँके प्रहरीले जनाएको छ । मन्त्रीका कारण विमान ७ बजेर ८ मिनेटमा उडेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

उक्त जहाजमा भ्रष्टाचारविरूद्धका अभियन्ता ज्ञानेन्द्र शाहीसमेत रहेका थिए । उनकै शुभचिन्तकले मन्त्री भट्टराईविरुद्ध नाराबाजी गर्दै हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । यात्रुले मन्त्री भट्टराई को हो ? भन्दै नाराबाजी गरेको नेपालगन्ज विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए ।

मन्त्रीमाथि हातपातकाे प्रयास भएको जानकारी पाएपछि प्रहरीले रोकेकाले अप्रिय घटना हुन नपाएको भण्डारीले जानकारी दिए । मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजना भएको डल्फिन महोत्सवको उद्घान गरेर फर्किँदै थिए ।

-नयाँपत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...