Friday 2nd October 2026

मेलम्चीको ठेक्का प्रचण्डका घरबेटीलाई


तितोपाटी- विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका छन् । अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको झण्डै डेढ अर्ब रुपैयाँको ठेक्का पाएको हो ।

शैलुङले मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो । एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा आयोजना निर्देशनालय कार्यालयले शैलुङसँग ठेक्का सम्झौता गरेको हो।

सबैभन्दा कम रकम कबोलेका अधिकारीलाई पाइप विस्तारको काममा सम्झौता गरिएको निर्देशनालयका सूचना अधिकारी मिलनकुमार शाक्यले जानकारी दिए । ३० महिनाभित्र काम सक्ने गरी शैलुङसँग निर्देशनालयले सम्झौता गरेको हो । शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको शाक्यको भनाई छ । शैलुङले बुढानिलकण्ठको आरुबारीमा ओभरहेड ट्यांकी बनाउने र त्यस क्षेत्रमा पर्ने कपन तथा बुढानिलकण्ठ क्षेत्रको पाइपलाइन विस्तार गर्नेछ।

यसअघि गृह मन्त्रालयले बदमासी गर्ने क वर्गको ठेकेदार कम्पनीको सूचीमा राखेको थियो । समयमै काम नगर्ने, गुणस्तरीय काम नगरेको भन्दै शैलुङको सरकारको कालो सूचीमा छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी अधिकारी कालो सूचीमा रहेपनि विभिन्न ठेक्का पाइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...