Wednesday 28th October 2026

७-० गोल संगै कुवेतद्वारा नेपालको लज्जास्पद हार


तितोपाटी- कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।

बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग कुवेतस्थित कैफानको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे ।

बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो । खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा नेपालमाथि कुवेतले गोलको वर्षा गर्यो । खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल कुवेतलाई ३-० को अग्रता दिलाए । ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै घरेलु टोलीको अग्रता ५-० को बनाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले दुई गोल खायो । इन्जुरी समयको चौंथो मिनेटमा हानिले गोल गर्दै कुवेतको अग्रता ६-० र इन्जुरी समयको सातौं मिनेटमा मोसाविले गोल गर्दै कुवेतलाई ७-० को जित दिलाए ।

उक्त खेलमा कुवेतस्थित कर्यरत नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो सुरुवाती समयमा देखिने निकै उत्साहित रहेका दर्शकहरु अन्तिम समय सम्म पनि हुटिंग निरन्तर जारी रहेको थियो। त्यसै क्रममा ७-० को लज्जास्पद हार संगै उपस्थित दर्सक निरास बन्दै खेल मैदान बाट बाहिरिएका थिए।

कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ । यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...