Wednesday 2nd September 2026

‘राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’


तितोपाटी- राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार गरेका छन् ।

संविधान संशोधन गर्न कुनै कदम नचालेको, मधेशी शहिदहरुलाई अपमान गरेको, मधेशको अधिकार कण्ठित गर्दै आरक्षणको व्यवस्था लत्याउदै कर्मचारी भर्ना गरिरहेको सरकारमा सहभागी समाजवादी पार्टीसँग राजपाले एकीकरणको प्रयास गर्नु सत्ताको खेलबाहेक अरु केही नभएको मधेशी अधिकारकर्मीहरुले बताएका छन् ।

उनीहरुले राजपा समाजवादी एकीकरणको प्रयास चिनियाँ दवाबमा उसको निहीत स्वार्थ पुर्तिका लागि भईरहेको समेत आरोप लगाएका छन । उनीहरुले मधेशी पार्टीहरुले मधेशी महिला, दलित तथा पेशाकर्मीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको तर उनीहरुको समस्याप्रति ध्यान नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पश्चिमा संस्कृति अतिक्रमण परेको मधेशी संस्कृतिप्रति पनि पहिचानको कुरा गर्ने मधेशी पार्टीहरुले ध्यान नदिएको पनि उनीहरुले आरोप लगाएको छ । प्रदेश नं २ लाई पनि आर्थिक रुपले सशक्त तथा आत्मनिर्भर बनाउन पनि कुनै कदम नचालेको भन्दै अधिकारकर्मीहरुले समग्र नेपालको कुरा गर्ने मधेशवादी दलहरुले पश्चिम मधेशसमेत समेट्न नसकेको आरोप लगाएका छन् ।

अधिवक्ता सुनिल रञ्जन सिंह, अधिबक्ता पंकज कर्ण, पत्रकार अनन्त मेहता, कलाकार विजय यादव निर्जीव, अधिकारकर्मी आनन्द गूप्ता, दलित अधिकारकर्मी नरेन्द्र पासवान, मधेशी कर्मचारी मञ्चका उपाध्यक्ष सुजित कुमार झा, मैथिल महिला समाजका अध्यक्ष अञ्जला झा, संघियतासम्वन्धी विज्ञ डा.विनय मिश्रा, अवधि अगुवा आलोक तिवारी, सांस्कृतिक कर्मी नागेन्द्र ठाकुरलगायतका अधिकारकर्मीहरु शनिबार काठमाडौंमा भेला भई मधेशी पार्टीहरुलाई सत्ताको खेलमा नलाग्न खबरदारी गरेका छन् ।

यसअघि राजपाभित्रको राजेन्द्र महतो नेतृत्वको गुटले मन्त्री पदको लागि समाजवादी पार्टीसँग एकीकरण गर्न खोजेको समाचारहरु बाहिरिएको थियो । राजपाका ६ जना अध्यक्ष मण्डलका सदस्यहरुमध्ये राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्रराय यादवलाई उपेन्द्र यादवले चिनको समर्थनबाट मन्त्री बनाइदिने आश्वासन दिएपछि समाजवादी पार्टीसँग एकीकरणका लागि महतोले दवाब सृजना गरिरेको समाचारहरु बाहिर आएको थियो ।अहिलेको चीनपरस्त सरकारमा राजपालाई विलय गराएर मधेशमा प्रभाव बढाउन खोजिरहेको चिनको ग्राण्ड डिजाइनको खुलासा भएपछि मधेशमा व्यापक असन्तुष्टि बढेको छ ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...