Thursday 1st October 2026

सांसद गगन थापाको सडक विभागमा धर्ना


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक विभागको कार्यालयमा धर्ना दिएका छन्। ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सनलगायतका निर्माण कम्पनीविरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन्। चावहिल कपनलगायत काठमाडौं क्षेत्र नं ४ का सडकलगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ। सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

सांसद थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदासम्म धर्ना गर्ने चेतावनी दिएका छन्। सांसद गगन थापाले आफुहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयबिरुद्ध सडक संघर्षलाई सिंहदरबारभित्र लाने चेतावनी दिए।

काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ। शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र पारेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को विकास समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आह्वान गरिएको छ। यहि निर्माण कम्पनीले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...