Thursday 1st October 2026

नेपालगंजबाट दैलेख लैजाँदै गरेका २९१ गाइलाइ भिरबाट खसालियो, २२ मरे बाँकी घाइते


तितोपाटी – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ।

नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो।

भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्ने खुलेको छैन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर रानाले यसबारे आफूलाई शुक्रबारमात्र जानकारी आएको र कसको जिम्मामा पठाइएको हो भन्नेबारे थाहा नभएको बताए।

‘मैँले भर्खर थाह पाएँ, यसबारे बुझ्दै छौं,’ उनले भने, ‘गाई दैलेख लैजाने भनेर हामीलाई निवेदन दिएर लगिएको हो, कसले हो ठ्याक्कै मलाई थाहा छैन। यसबारे नगरपालिकालाई नै बुझ्नुपर्छ।’

वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ४, ७ र १४ को बीचमा पर्ने जंगलभित्रको सडक छेउबाट गाई टिप्परबाट फालिएको छ।

बिहीबार राति गाडीमा ल्याइएका गाई भीरबाट फालिएको स्थानीयले बताएका छन्।

वीरेन्द्रनगरको सुब्बाकुना चेक पोष्टका असई प्रमोदसिह‌ं ठकुरीका अनुसार गए राति ८ ट्रकमा गाई लिइएको थियो। तीमध्ये ४ ट्रक राति १२ बजेतिर नेपालगञ्ज फर्किन लागेका थिए। उनीहरूलाई फिर्ता गरेर जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा राखिएको छ।

यसबारे मुचुल्का उठाउने र थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...