Sunday 27th September 2026

कतारमा श्रीमानको मृत्युको संगै घरमा श्रीमतिले पनि गरिन् आत्महत्या


तितोपाटी- कतारमा समुन्द्रको किनारामा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । श्रीमानको मृत्यु भएको खवर सुनेपछि उनकी श्रीमतिले आत्महत्या गरेकी छन् ।

गत साउन २६ गते बकर इदको बिदा मनाउन अलखोरको समुन्द्री किनारामा पौडी खेल्ने क्रमा छालले तानेर गहिराई तिर लैजादा साँगुरिगढी गाउपालिका ३, धनकुटाका ३३ वर्षिया ललित लिम्बुको आइतबार अपरान्ह मृत्यु भएको थियो । श्रीमानको मृत्युको खवर सुनेपछि उनकी श्रीमति टीका लिम्वूले घरमा झुण्डिएर आत्महत्या गरेको ललितका साथि दिल किरण खुजुमले बताएका छन् । यसले परिवारमा दोहोरो शोक परेको छ । आत्महत्या गरेकी टीका गर्भवती रहेको बताइएको छ ।

ललित गत साउन २६ गते १३ जना सहकर्मीका साथ छुट्टी मनाउन पौडि खेल्न गएका थिए । लिम्वूसँगै पौडी खेल्न गएका अन्य दुईजनालाई पनि समुन्द्री छालले तानेपनि उनीहरु भने पौडिएर बाहिर आउन सफल भएका थिए ।श्रीमतिलाई एक डेढ महिना अगाडी कतार घुमाएर नेपाल पठाएका ललितले आफू पनि अव नेपाल फर्किने तयारीमा रहेको बताउने गरेको धनकुटा प्रवासी सेवा समाजक कतारका महासचिव रविन राना मगरले बताए ।

१३ बर्ष देखि कतारमा कार्यारत लिम्वूको शव अल्खोर अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाइने धनकुटा सेवा समाजका महासचिव मगरले जानकारी दिएका छन् । कतारमा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध लिम्वूको मृत्युको खवर सुनेपछि कतारमा रहेको नेपाली समुदायले अपुरणिय क्षती पुगेको भन्दै शोक ब्यक्त गरेका छ्न ।
साभार देशपरदेश


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...