Tuesday 1st September 2026

प्रधानमन्त्री ओलीको सिंगापुरमा हुने उपचार खर्च आफैंले व्यहोर्ने


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो स्वास्थ्य उपचार खर्च आफैं व्यहोर्ने भएका छन्।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले  पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनी सँग साथमा  गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने जानकारी गराएका छन ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी छन्।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण सुरू हुनेछ। प्रधानमन्त्री ओलीले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको छ। यसअघि ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्ड जाने गरेका थिए प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर साउन २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...