Friday 2nd October 2026

मौलिक समाजवादमा जोड


तितोपाटी- नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे।

‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले भने, ‘सोभियत मोडलको समाजवाद असफल भयो, चीनमा चिनियाँ फेसको समाजवाद छ भने नेपालमा पनि निःसन्देह नेपाली फेसकै समाजवाद हुनुपर्छ र हुन्छ पनि।’ अबको पुँजी उत्पादनमुलक हुनुपर्छ, रोजगार दिनुपर्छ यसतर्फ हामीले ध्यान दिनुपर्छ।’ सार्वजनिक शिक्षाको गुणस्तर बृद्धि, स्वास्थ्य सेवामा सुधार र देशमै रोजगारीको अवसर सिर्जना गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अहिले नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै यसलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ लाग्नुपर्ने उनको सुझाव छ।

नेता भुषालले गुट उपगुटलाई त्यागेर पार्टीलाई एकतावद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी ब्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने विश्वास ब्यक्त गरे। त्यसका लागि यही वर्षबाट काम सुरु गर्न पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्। ‘पार्टीका बैठकमा ब्यक्तिका एजेण्डा होइन पार्टीको प्रस्ताव आउनुपर्छ’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा जाऔं। पदमा बसेकाहरुले नकमाएको सम्पत्ति नखाने, नलिने प्रण गरौं।’


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...