Sunday 27th September 2026

बरदुबईमा खुल्यो नेपालीको नयाँ ट्राभल एजेन्सी


तितोपाटी- यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो ।

यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र बागलुङका रमेश सुनुवारको संयुक्त लगानीमा सञ्चालनमा आएको ट्राभलमा स्थानीय पार्टनर भने फुजेरा राज्यका राजपरिवारका सदस्य सेख अब्दुलला सुरुर सेइफ अलशारक्वी रहेका छन् । दुबई र अबुधाबी राज्यमा मात्रै नेपालीलाई लक्षित गर्दै करिब डेढ दर्जन नेपाली ट्राभल कम्पनी सञ्चालित छन् ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...