Tuesday 1st September 2026

प्रचण्ड भन्छन-हेग लगे म झन् हिरो भएर निस्कन्छु


काठमाडौं पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्राष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने दाबी गरेका छन्। सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भने ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उनले भने।

परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उनले आरोप लगाए।

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने  उनले सप्ष्ट पारे।

आफूहरुको चाहेको यो धेरै भए पनि शक्ति सन्तुलन, विश्व परिस्थितलाई विचार गरेर अहिलेलाई यही उपलब्धिको रक्षा गरौं भनेर यो व्यवस्थामा आएको धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक व्यवस्था रहँदासम्म अहिलेको नेतृत्व कोही  कमजोर नहुने उनले बताए। क्रान्तिका नाममा प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्दा अहिलेको व्यवस्था नरहने र देशले दुख पाउने उनले दाबी गरे।  प्रचण्डको सचिवालयका अनुसार विप्वलका ८ नेता, कार्यकताहरू नेकपामा प्रवेश गरेका हुन् ।

-अन्नपूर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...