Thursday 1st October 2026

यस वर्ष बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १११ को मृत्यु, ४० बेपत्ता


तितोपाटी – यस वर्ष बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १११ को मृत्यु भएको छ भने ४० जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १११ जनाले ज्यान गुमाएका, ४० जना बेपत्ता भएका, ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन्। अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ। यस्तै पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ। बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ। सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन्। सिराहामा ७र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन्। सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा ५-५ जना तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा ४-४ जनाले ज्यान गुमाएका छन्। बाढीपहिरोमा परेर काठमाडौं, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा ३-३ जना साथै सुनसरी, धादिङ, दाङ र बारामा २-२ जनाको ज्यान गएको छ। उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा १-१ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन्। डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन्। सिन्धुलीमा चार, इलाम र मोरङमा तीन९तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई९दुई जना बेपत्ता छन्। झापा, सुनसरी, काठमाडाैं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा १-१ जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ। बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन्। पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन्। भारी वर्षाका कारण १७ जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा ८-८ तथा काठमाडौँ, सिराहा र रौतहटमा ५-५ जना घाइते भए। मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा १-१ जना घाइते भएका छन्। झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा २-२ जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा ३-३ जना घाइते भएका छन्।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...