Friday 23rd October 2026

बैतडीमा जीप दुर्घटना हुँदा १ को मृत्यु , २ घाइते


तितोपाटी -दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकको भीरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जीप बुधबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो दुर्घटनामा परि ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका छन् । उनीसँगै जीपमा सवार दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त घाइते भएका छन् ।

पुस्करको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । हिक्मतको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ ।

 बाक्लो कुहिरो तथा साँघुरो सडक दुर्घटनाको कारण हुनसक्ने प्रहरीको अनुमान छ। पानी र कुहिरोका कारण घाइतेको उद्वार गर्न एवं मृतकको शव झिक्न अप्ठ्यारो भएको थियो । जीप भीरूबाट झण्डै अढाइ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...