Tuesday 8th September 2026

बैतडीमा जीप दुर्घटना हुँदा १ को मृत्यु , २ घाइते


तितोपाटी -दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकको भीरमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । जीप बुधबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो दुर्घटनामा परि ज्यान गुमाउनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेका छन् । उनीसँगै जीपमा सवार दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त घाइते भएका छन् ।

पुस्करको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । हिक्मतको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ ।

 बाक्लो कुहिरो तथा साँघुरो सडक दुर्घटनाको कारण हुनसक्ने प्रहरीको अनुमान छ। पानी र कुहिरोका कारण घाइतेको उद्वार गर्न एवं मृतकको शव झिक्न अप्ठ्यारो भएको थियो । जीप भीरूबाट झण्डै अढाइ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको…

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

प्रतिकृयाहरू
...