Friday 3rd May 2024

बाजुरा घर भएकी ९ वर्षीया बालिकाको दिल्लीमा बलात्कार प्रयास पछि हत्या


तितोपाटी- बाजुरा घर भएकी एक बालिकाको बलत्कार प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ ।भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो। उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।गत शुक्रबार पूर्वी दिल्लीको सक्कपुरको डी बल्क १ सय १३ ए नम्बरको घरमा बलात्कारको प्रयास पछि हत्या भएको भारतस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारले टेलिफोनमार्फत बताएका छन्। उनको भारतीय नागरिक बसिम अहमद (सनु) ले हत्या गरेको भारतीय प्रहरीले जनाएको छ।

हत्यामा संलग्नलाई भारतीय प्रहरीले प्रक्राउ समेत गरिसकेको छ। बुवा देव चँदारा त्यही घरमा चौकीदारी गर्दै आएका थिए भने आमाले त्यही घरमा बसिम अहमदले चलाएको होस्टेलमा खाना पकाउने काम गर्थिन्। शुक्रबार दिउँसो पौने १ बजे बुवा बाहिरबाट कोठामा आउँदा छोरीलाई अचेत अवस्थामा फेला पारेका थिए। छोरी अचेत अवस्थामा फेला पारेपछि अस्पताल पुयाएका थिए, अस्पताल पुग्ने वितिकै चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए। छोरीको हत्या भएको खबर पाएपछि भारतस्थित विभिन्न नेपाली संघ, संस्था र बालिकाका बुवालेले नेपाली राजदूतावाससँग सहयोग मागेका थिए।

अन्य नेपालीहरुको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खग्रेन्द्रबहादुर सिंहले बताएका छन्। बालिकाको आइतबार पोष्टमार्टम पछि दाहसंस्कार गरिएको बताइएको छ।
भारतस्थित दूतावासमा कार्यरत एसएसपी अधिकारका अनुसार सोही घरमा होस्टेल चलाउँदै आएका भारतीय नागरिक बसिम अहमदले बलात्कार प्रयास पछि हत्या गरेको बताएका छन्। बलात्कार गर्न खोजेको र नमान्दा घाँटी च्यापेर हत्या गरेको अहमदले प्रहरी समक्ष स्वीकार गरेको जनाइएको छ।

पोष्टमार्टम गर्दा घाटीमा औला अट्काइएको छाप र गुप्ताङ्ग वरपर बलात्कार प्रयास गरिएको प्रमाण भेटिएको अधिकारीले बताए। भारतीय प्रहरीले बसिम अहमद हत्या र जवरजस्ती करणी दुवै मुद्दा चलाएको छ। दुईसाता अघि पनि डोटी घर भएकी १४ की सीता नेपाली (नाम परिवर्तन) को पनि भारतको नयाँ दिल्लीमा आफूले काम गर्ने साहुको छोराले बलात्कार गरेको खुलेको छ।

दिल्ली पुलिसमा कार्यरत दलबीर सिंहका छोरा ३३ वर्षीय पंकज सिंहले ३० जून २०१९ को दिनको १ बजे बलात्कार गरेका थिए। पंकज विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन्। बालिका बलाकृत भएको प्रमाणित भए पछि पीडक प्रहरी नियन्त्रणमा रहेको एसएसपी अधिकारले जानकारी दिएका छन्।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...