Thursday 1st October 2026

मोरङमा बस र भ्यान ठिक्किँदा २ जनाको मृत्यु, २८ जना घाइते


तितोपाटी – मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको भने सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी  घाइते भएका २८ जना मध्ये आठजनाको स्थानीय पथरीस्थित पथरी अस्पताल, आठजनाको पथरी डाइनाष्टिक अस्पताल, सातजनाको विराटनगरस्थित नोबेल अस्पताल र पाँचजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...