Friday 24th May 2024

कुवेतमा कार्यरत बिनोद दर्लामीद्वारा संकलित रकम पीडित सगरलाई हस्तान्तरण


तितोपाटी -कुवेतमा कार्यरत बिनोद दर्लामी द्वारा संकलन संकलित रकम, मृगौला पिडित सगर खडकालाई आर्थिक सहयोग गरिएको छ।

रामेछाप जिल्ला लिखुतामाकोसी गाउपालिका वडा न: ७ तिलकुम घर भएका १२ वर्षीय सागर खड्का लाई बिनोद दर्लामीको सक्रियतामा सोही कम्पनीमा कार्यरत नेपालीहरू बिच संकलित रकम ने रु ३० हजार ४ सय १४ रूपैयाँ पीडितलाई हस्तान्तरण गरिएको हो।

पीडित सागर बिगत दुइ वर्ष देखि उपचारर्थ रहेका थिए। उनको घरमा आमा बुबा र भाइ रहेका छन भने सागरको दुबै मृगौलाले काम गर्न छाडेपछि आर्थिक अवस्था नाजुक रहेको र उपचारमा समस्या परेकोले उपचारमा सहयोग पुगोस भन्ने हेतुले आफुहरुले श्रम गरेर कमाएको रकमको केहि हिस्सा कम्पनीमा कार्यरत साथीहरु द्वारा सोहि रकम संकलन गरेर सहयोग गरेको अभियन्ता दर्लामीले तितोपाटीलाई जानकारी दिएका छन्। उक्त अभियानमा साथ सहयोग दिनुहुने सम्पुर्णलाई दर्लामीले बिशेष धन्यवाद दिदै आभार प्रकट गरेका छन।


सम्बन्धित शीर्षकहरु

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको…

नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको शहिद लखन थापा मगर रनिङ शिल्ड…

सेन्ट पिटर्सबर्ग शहरको अदालतका लागि प्रेस सेवाका अनुसार रूसी भौतिकशास्त्री अनातोली मास्लोभलाई देशद्रोहको दोषी ठहराइएको छ। मंगलबार उनलाई पेनल कालोनीमा…

प्रतिकृयाहरू
...