Saturday 26th September 2026

साउदी स्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गर्यो


तितोपाटी – साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गरी नेपाल पठाएको छ । नेपाली दूतावासले बन्धक  बनाइएकी चाराली – ४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको हो । हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए। हाइल राजधानी रियादबाट ७ सय किमी टाढा पर्छ।

प्रवासी नेपाली समाजको समन्वयमा हुमालाई साउदी नागरीकको घरबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो।

‘उनलाई घरपरिवार, आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्दी झैं बनाएर राखिएको थियो। उनी आफूसँगै कार्यरत फिलिपिनोको सहयोगमा नेपाली दूतावासको सम्पर्कमा आएकी थिइन्,’ उद्धारमा समन्वय गरेका हेमराज बास्तोलाले भने, ‘गत अप्रिल महिनामा निवासबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो।’

सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...