Thursday 24th September 2026

कतारमा पत्रकार प्रशिक्षण तथा उदय-मनिला सांगीतिक सांझ, निकै झुमे दर्शक


तितोपाटी – नेपाल पत्रकार महासंघ कतारको आयोजनामा पत्रकार प्रशिक्षण तथा उदय-मनिला युगल सांगीतिक साँझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा हिँजो शुक्रबार एक सभ्य र भव्य कार्यक्रमको बिच भएको छ भने महासंघ कतार शाखाको प्रशिक्षण कार्यक्रमको अवसर पारेर अायोजना गरिएको उदय-मनिला सांगीतिक साँझमा सोताङ जोडीले दर्जनाै सुमधुर गीतहरू गाएर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाइ भरपुर मनोरञ्जन प्रदान गरे ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको सभाध्यक्षता र महासंघ केन्द्रका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख अातिथ्यतामा सम्पन्न पत्रकार प्रशिक्षण तथा सांगीतिक साँझ सफल पार्न  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , नवोदित वाचनालय लगायतका सँस्थाहरुले नेपाल पत्रकार महासंघ कतार शाखालाइ सहयोग गरेको उक्त कार्यक्रमको पहिलो सत्रमा नेपाल पत्रकार महासंघ केन्द्रका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक संक्षिप्त सूचना प्रवाह ब्यावस्थापन र सचेतना तालीम र दोश्रो सत्रको रूपमा उदय-मनिला युगल सांगीतिक साँझ गरेर सम्पन्न गरिएको थियो ।

सांगीतिक साँझमा उपस्थित सम्पुर्ण दर्शकहरू सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए। नेपाली सुगम संगीत क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमन्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडे पछि बोलको गीतबाट प्रस्तुत गर्दा दर्शक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए। उदय सोतङको ठट्यौली सँगै रमाइलो गर्दै करिब अढाई घण्टाको सुमधुर लोकप्रिय गीत प्रस्तुतिमा दर्शकहरू निकै झुमेका थिए भने उदय-मनिलाका हरेक गीतलाइ वान्स मोर भन्दै दर्शक दिर्घाबाट फर्माईस अाएपछि पुनः चार वटा जति गीत पनि प्रस्तुत गरेर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाई मन्त्र मुग्ध बनाएका थिए । अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएको कार्यक्रम संचालन पत्रकार महासंघ कतार शाखाका सदस्य तथा रेगिस्तानी कवि तीर्थ संगम राईले संचालन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...