Friday 2nd October 2026

साउदी अरबमा नेपाली कामदारलाइ मृत्युदण्ड


तितोपाटी – साउदी अरबमा एक नेपाली कामदार विरूद्ध मृत्युदण्डको फैसला सुनाइएको छ ।आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए पछि १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको हो। उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए ।  उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ ।

 अदालतले पीडित पक्षलाई निजी अधिकारसम्बन्धी कानुन प्रयोग गर्न दिन अस्वीकार गरेको छ । अपराधको घटना अनुसार विवेक, राजेन्द्र र एक जना सुडानी नागरिक साउदी अरबको जुवेलमा उँठ गोठालाको रूपमा एकै ठाउँमा कार्यरत थिए । विष्ट र सुडानी राति सुतिरहेका बेला दाहालबाट आक्रमण भएको मिसिलमा उल्लेख छ । आक्रमण हुनेबित्तिकै विष्टकोज्यान गयो । सुडानी घाइते भएको यो मुद्दामा निजी अधिकार सम्बन्धी कानून भन्दा पनि सार्वजनिक कानून लागु हुने भन्दै सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो तहको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको हो ।

दाहालको जीवन रक्षाको लागि रियादस्थित नेपाली दूतावासले निजी कानूनअनुसार पीडित पक्षलाई ‘ब्लडमनी’ रकम उपलब्ध गराइ माफी दिन अदालतसमक्ष अनुरोध गरेको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...