Monday 19th October 2026

मोदी भेट्न दिल्ली जाने भए केपी ओली


लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै बधाई दिएकामा आलोचित बनेका प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन् ।

मोदीले आफ्नो सपथमा सार्क र विम्स्टेक राष्ट्रका सरकार प्रमुखलाई निम्त्याउने भएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मोदीको सपथको निम्तो प्राप्त भइसकेको छ । ओली मोदीको सपथमा जाने तयारीमा जुटिसकेको बालुवाटार स्रोतले जनायो । यद्यपि औपचारिक निमन्त्रणा आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१४ मा मोदीको पहिलो कार्यकालको सपथ ग्रहणमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...