Monday 22nd June 2026

वैदेशिक रोजगार विभागले ल्यायो विदेशमा गर्ने कामको बारेमा सबै जानकारी भएको वेबसाइट (प्रक्रिया सहित)


तितोपाटी-वैदेशिक रोजगारीमा जाने सोचमा भएपनि त्यहाँ गर्नुपर्ने कामको बारेमा जानकारी पाउन नेपालमा गाह्रो थियो। एजेन्ट वा अन्य व्यक्तिमा भर परे ठगिने पो हो कि भन्ने डरले गर्दा धेरैलाई के गर्ने भन्ने बारेमा निर्णय गर्न गाह्रो हुन्थ्यो। यही अवस्थालाई ध्यानमा राखेर वैदेशिक रोजगार विभागले काम खोज्न सजिलो बनाउने वेबसाइट संचालनमा ल्याएको छ।

वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेसँगै अब यसबाट आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र त्यसको सेवा सुविधा कस्तो छ भनेर बुझ्न सकिन्छ।

के कस्तो छ प्रक्रिया?

वैदेशिक रोजगारको वेबसाइट http://www.dofe.gov.np/home.aspx मा जानुहोस्।
होमस्क्रिनमा भएको ‘वैदेशिक रोजगारीको खोजी’ मा क्लिक गर्नुहोस्।
वा सिधै https://foreignjob.dofe.gov.np/ मा पनि जान सक्नुहुन्छ।
त्यसपछि आफ्नो लिङ्ग Male(पुरुष) वा Female(महिला) छान्नुहोस्।
यो अनिवार्य रूपमा छान्नुपर्ने हुन्छ।
आफू जान खोज्नुभएको देश छान्नुहोस्।
जस्तै कतार, क्यानडा, माल्टा, आदि
आफू कुन रोजगारदाताकोमा जान खोजेको थाहा छ भने रोजगारदाताको नाम पनि लेख्नुहोस्।
कुन देशको कुन ठाउँ जान खोजेको पनि निर्णय गर्नुभएको भए ठाउँको नाम पनि लेख्नुहोस्।
जस्तै कतारको दोहा, यूएईको दुबई, आदि
कस्तो सिप भएको काममा जाने हो, त्यो छान्नुहोस्।
दक्ष, अर्ध-दक्ष, अदक्ष, अति दक्ष वा व्यावसायिक
कुन पदको लागि जाने हो, त्यो लेख्नुहोस्।
जस्तै Officer, Assistant, Engineer, Bar Tender, Helper, आदि
कति तलब अपेक्षा गर्नुभएको छ त्यो राख्नुहोस्।
अपेक्षित तलब नेपाली रुपैयाँमा लेख्नुपर्छ।
न्यूनतम र अधिकतम तलब दुवै राख्नुपर्छ। ५० हजारदेखि १ लाखसम्म भनेजस्तै।
यी सबै भरेपछि Search(खोजी) मा क्लिक गर्नुहोस्।
यति गरेपछि तपाईँले माथि छान्नुभएको वर्ग अनुसार कामको सुची आउँछ।
किन यो सुविधा ल्यायो?

मागमा भएभन्दा पनि बढाई चढाई गरेर सेवा सुविधा लेख्ने, नभएको काममा पठाउँछु भन्ने, मिल्दै नमिल्ने तलब पाइन्छ भनेर सोझासाझालाई ठग्ने काम मौलाइरहेको समाचार सुनिन्छ। इच्छ्याइएको काम, दाम र ठाउँ सँगसँगै पठाउने म्यानपावरको बारेमा समेत जानकारी पाए वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वासका साथ विभागले यो सुविधा ल्याएको हो।

यो वेबसाइटको विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेन्ट वा म्यानपावर को झुटो आश्वासनमा नफस्ने भएपछि अवश्य पनि वैदेशिक रोजगारीमा जाने युवा लाभान्वित हुनेछन्।

नोट : यो लेख वैदेशिक रोजगार विभागको वेबसाइटमा भएको सूचनाको आधार तयार पारिएको हो।

साभार- शुभयात्रा


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...