Monday 15th June 2026

लगातार ४० घण्टा युगल नृत्य गरी विश्व रेकर्ड राख्ने होडमा एकै घरका दुइ दिदी बहिनी


तितोपाटी – लगातार ४० घण्टा युगल नृत्य गरी विश्व रेकर्ड राख्ने होडमा एकै घरका दुइ दिदी बहिनी लागि परेका छन् । काठमाडौकों चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदीबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने घोषणा गरिसकेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो। श्रेष्ठ दिदीबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ-याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन्। रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसाले कक्षा १२ को परीक्षा दिएकी छिन्।

कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड इभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुईटा विश्व रेकर्ड कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए। लामाले विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदीबहिनीमा आफूले अद्भूत क्षमता पाएको पनि सुनाए।

श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व कीर्तिमानी कायम हुने विश्वास व्यक्त गरेका छन् भने यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरेका छन्।

कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको बताउँदै उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन्।

यसअघि यो कीर्तिमानी अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ। उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए।


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...