Monday 22nd June 2026

मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोधमा देशभर पत्रकारहरूको प्रदर्शन


तितोपाटी – मिडिया काउन्सिल सम्बन्धी विधेयकको कारण प्रेस स्वतन्त्रता र सूचनामा अंकुश लाग्ने अवस्था उत्पन्न भएको भन्दै मुलुकभरका संचारकर्मी विरोधका लागि शुक्रबार सडकमा ओर्लिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा भएको विरोधमा आसञ्चार र मानव अधिकार क्षेत्रका अगुवाले सरकार प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाएर अधिनायकवाद उन्मुख रहेको बताए। काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार साधनसहित पत्रकारले धर्ना दिएका हुन् ।धर्नामा भेला भएका पत्रकारले मुखमा कालोपट्टि बाँधेर आफ्ना सञ्चार सामग्रीसमेत प्रदर्शन गरेका थिए।

काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । भने उक्त प्रदर्शनलाई मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले पनि साथ दिएका थिए ।

प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिन माग गरेको छ । आन्दोलन सरकार वा मन्त्रिविरुद्ध नभएर प्रेस, मानवअधिकार र नागरिक स्वतन्त्रताको पक्षमा भएको भनाइ उनीहरुको थियो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको मागसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकार प्रदर्शनमा उत्रिएका थिए।

आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै महासंघले आफुहरुको माग पुरा नभए भोली शनिवार बैठक बसेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ । महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिएको छ ।

उपत्यकाबाहिर पनि मुलुकभरका जिल्ला प्रशासन कार्यालय अगाडि विधेयक खारेजीको मागसहित शुक्रबार विरोध प्रदर्शन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...