राजन श्रेष्ठ – ऐतिहासिक, धाृर्मिक र पर्यटकिय महत्व बोकेको सिन्धुली जिल्ला प्रदेश ३ अन्तर्गत जनकपुर अञ्चलको सबै भन्दा ठुलाे र प्रदेश ३ को दोश्रो ठुलो जिल्ला हो । भाैगोलिक दृष्टिले यस जिल्लाकाे क्षेत्रफल २४९१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला भित्रीमधेशमा पर्दछ । २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको यस जिल्लालाइ २ वाटा निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ भने विश्व मानचित्रमा २६ डिग्री ५५ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १५ मिनेट पूर्वी देशान्तर देखि ८६ डिग्री २५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।
सिन्धुली जिल्ला समुन्द्री सतहबाट १६८ मिटर देखि २७९७ मिटरको उचाई सम्म फैलिएको छ । सिन्धुली जिल्लामा ३०० मिटर भन्दा होचो भू–भाग १३.७ प्रतिशत रहेको छ । जसलाई मधेश पनि भन्दछौँ । यो भू–भाग हाम्रो देशको अन्न भण्डारको रुपमा प्रसिद्ध छ । त्यसैगरी समुन्द्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको भू–भाग सिन्धुली जिल्लामा ८५.८७ प्रतिशत रहेको छ । जुन क्षेत्रफल फलफुल तथा पशुपालनको लागि उपयुक्त रहेको छ । त्यसैगरी समुन्द्र सतहबाट २००० मिटर माथि उचाईमा सिन्धुली जिल्लाको भू–भाग ०.५ प्रतिशत मात्र रहेको छ । जसलाई महाभारतीय शृङ्खला पनि भनिन्छ ।
किंवदन्ती अनुसार भारतको उज्जैनबाट उत्तराखण्डको हिमाली क्षेत्रमा तपस्या गर्न आएका ‘सिन्धुल’ नामका राजाले तपस्या गरी सिद्धि प्राप्त गरेको ठाँउ भएकोले उनैको नाममा सिन्धुली नामकरण गरिएको र यसै ठाँउका आधारमा जिल्लाको नामकरण गरिएको मान्न सकिन्छ । सिन्धुलीगढीमा स्थापित सिद्धेश्वर देवालय सिन्धुलले स्थापना गरेको मानिन्छ । संस्कृत भाषामा सुरुङमार्गलाई ‘सिन्दुर’ भनिने र सिन्धुली माँडी(फाँट) बाट गढीतर्फ जान सुरुङ बनेकोले त्यसलाई ‘सिन्धुरी’ भनिएको र पछि यो शब्द अपभ्रंश भएर ‘सिन्धुली’ बनेको मानिन्छ ।
पुर्वमा उदयपुर र सिराहा, दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र राैतहट, पश्चिममा मकवानपुर र काभ्रेपलाञ्चोक र उत्तरमा रामेछाप र ओखलढुङ्गा सँग जोडिएको सिन्धुली जिल्लाको जनसंख्या २,९६,१९१ (पुरूषः १,४२,१२३ र महिलाः १?५४,०६१) रहेको छ ।
दुधौली, भिमान, सिन्धुलीमाढी, खुर्कोट, झाँगााझोली, कपिलाकोट र चकमके जस्ता वाणिज्य तथा व्यापारिक केन्द् भएको यस जिल्लामा सबैको जनजिब्रोमा रहेको सिन्धुली गढी गित र भारतलाइ अाफ्नो कब्जामा पारेपछि नेपाल अाक्रमण गर्न अाएको अंग्रेजी फाैजलाइ गोर्खाली सेनाले गोरखाली फौजले सिस्नो र अरिङ्गालको गोलोले हानेर आक्रमण गरी कप्तान किन्लकको अंग्रेजी फाैजलाइ परास्त गरेको एेतिहासिक महत्व बोकेको सिन्धुली गढी र सिन्धुली जिल्लाकै अग्लो पर्यटकिय स्थल ‘फिक्कल डाँडा ’एवं मरिण, सुनकोशी, कमला, चँदाहा, रोशी, बागमती, तावा, वाक्सु, वदाह, अरुण ठाकुर, ककुर ठाकुर लगायतका नदिहरू, प ञ्चकन्या पोखरी तथा कुशेश्वर महादेव, सिद्धस्थान, माईस्थान, कालिकामाई मन्दिर, मधुगङ्गा, सर्पे ढुङ्गा, हरिहरपुर गढी प्राकृतिक, एेतिहासिक, धार्मिक,सांस्कृतिक र पर्यटकीय महत्व बोकेका स्थान, देव देवालय तथा नदि नालाहरू सिन्धुलीको विकास र समृद्धिको लागि मनग्गे अाम्दानीको श्रोत बन्न सक्दछन् ।
कृषि, फलफुल तथा पशुपालनको लागि अत्यन्त उपयुक्त मानिएको यो जिल्ला उपत्यका नजिकैको जिल्ला भएर पनि ओझेलमा परेको थियो भने हाल बनेपा-सिन्धुली-वर्दिवास सडक खुलेपछि भने यस क्षेत्रको मुहार नै बेग्लै भएको छ । अब यस क्षेत्रका जन-प्रतिनीधिहरू, राजनीतिकर्मी, समाजसेवी, स्वदेश तथा विदेशमा बस्ने लगायत सबैले यस क्षेत्रको विकासको लागि अा-अाफ्नो स्थानबाट लागि पर्ने हो भने मुलुककै एक उत्कृष्ट र नमुना जिल्ला बन्ने निश्चित छ ।
श्रोतः विभिन्न सामाजिक पोर्टल