Tuesday 20th October 2026

ओमानसँगको श्रम समझदारी अघि बढ्दै, ओमानी टोली नेपाल आउँदै


तितोपाटी- नेपालले ओमानसँग पनि श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लगाउने भएको छ ।

नेपालसँगको श्रम समझदारीका विषयमा छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीसहितको टोली नेपाल आउँदैछ । बुधबार आउने टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ ।

मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी ओमानसँग एमओयूको मस्यौदा टुंग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ ।

ओमानसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको छ । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै ओमान पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

नेपालले हालै युएईसँग एमओयूको मस्यौदा टुंग्याएको छ । अब ओमानसँग पनि अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई सम्बोधन गर्नुपर्ने अडानसहित दोस्रो चरणको वार्ता हुन लागेको हो ।

ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । नेपालले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी गरेको छ ।

सेवा सुविधा समयमै बैंक खातामै उल्पब्ध गराउनुपर्ने, न्यायमा पहुँच दिनुपर्ने, ठगी रोक्नुपर्ने लगायका विषयमा पनि नेपालले उठाएको छ । पहिलो चरणको वार्ता फलदायी भएकाले दोस्रो चरणको वार्ताबाट सबै विषयमा सहमति जुटाउने योजना छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...