Friday 25th September 2026

ओमानसँगको श्रम समझदारी अघि बढ्दै, ओमानी टोली नेपाल आउँदै


तितोपाटी- नेपालले ओमानसँग पनि श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लगाउने भएको छ ।

नेपालसँगको श्रम समझदारीका विषयमा छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीसहितको टोली नेपाल आउँदैछ । बुधबार आउने टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ ।

मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी ओमानसँग एमओयूको मस्यौदा टुंग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ ।

ओमानसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको छ । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै ओमान पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

नेपालले हालै युएईसँग एमओयूको मस्यौदा टुंग्याएको छ । अब ओमानसँग पनि अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई सम्बोधन गर्नुपर्ने अडानसहित दोस्रो चरणको वार्ता हुन लागेको हो ।

ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । नेपालले श्रमिकको हक अधिकारलाई केन्द्रमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी गरेको छ ।

सेवा सुविधा समयमै बैंक खातामै उल्पब्ध गराउनुपर्ने, न्यायमा पहुँच दिनुपर्ने, ठगी रोक्नुपर्ने लगायका विषयमा पनि नेपालले उठाएको छ । पहिलो चरणको वार्ता फलदायी भएकाले दोस्रो चरणको वार्ताबाट सबै विषयमा सहमति जुटाउने योजना छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...