Friday 3rd May 2024

कुवेतको अस्पतालमा जीवनमरणको दोसाँधमा नेपाली चेली


तितोपाटी – कुवेतको आदान अस्पतालको श्ययामा ६ महिना देखि एक नेपाली चेली जीवनमरणको दोसाँधमा छट्पटाइ रहेकी छिन । बाग्लुङ जिल्ला बुर्तिबाङ – १ स्थायी घर भएकी हिरा परियार बिगत ३ वर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत आएकी थिइन । घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकै कारण रोजगारीको शिलशिलामा कुवेत आएकी हिरा अचानक उच्च रक्तचाप भइ जेल मै ढलेकी थिइन । शरीरको दायाँ हर प्यारालाइसिस भइ हलचल समेत गर्न नसक्ने भएकी छिन ।

कुवेतीको घरमा काम गर्दा तलब समयमा नपाउने र निकै मिहिनेत गरेर काम गर्दा पनि साहु – साहुनीले जहिले दुख दिने गरेको हुँदा उक्त दुख र पीडा सहन नसकी १५ महिना पहिले कुवेतीको घर बाट भागेर अबैधानिक भइ काम गर्दै आएको उनकी दिदिको छोरी सरिताले बताइन् । लगभग ९ महिना सम्म अबैधानिक भइ काम गरे पश्चात् उनी घर फर्किनको लागि प्रहरीको जान्छु भनेकी थिइन । तर त्यस पछि छामा सम्पर्क बिहिन भएको सरिताले बताइन् । लामो समय सम्म छामाको कुनै अत्तोपत्तो नहुदा घर परिवार पनि चिन्तित बनेका थिए । उनको दिदिको छोरिहरु पनि कुवेत मै कार्यरत छन । तर भनेको समयमा भेट्न र स्याहारसुसार गर्न नपाएकोमा दुख लागेको बताउछन । उनिहरु पनि घरेलु कामदार कै रुपमा कार्यरत भएको हुँदा साहुले भनेको समयमा छुट्टी समेत नदिएको गुनासो गर्छन् ।

उनी स्वदेश फर्किनको लागि सिधै प्रहरी समक्ष गएकी थिइन । उनलाई प्रहरीले केही समय जेलमा राखेको थियो । तर जेलमा अचेत भइ ढलेपछी उनलाई प्रहरिले नै २०१८ अक्टोबरमा उपचारकाको लागि आकस्मिक कक्षमा आदान अस्पतालमा भर्ना गरेको थियो । उनी बोल्न पनि नसक्ने र उनको दायाँ हर पनि चल्दैन थियो । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उनको उपचारमा खटेका डाक्टर र नर्सले बताएका छन । उनलाई खाना पनि पाइपको नलि बाट लामो समय सम्म दिनु परेको थियो । अहिले उनि आदान अस्पतालको २६ नम्बर फ्लाइटको २७ नम्बर बेडमा छिन । एक शब्द पनि बोल्न नसक्ने उनी अहिले अलि–अलि बोल्न सक्ने भएकी छिन ।

बिरामी भएको लामो समय सम्म पनि आफन्त सम्पर्कमा आएका थिएन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका पदाधिकारीले उनको आफन्तलाई सम्पर्कमा ल्याउन मद्दत गरेका थिए । उनको दिदिको छोरीहरुलाई अस्पताल सम्म ल्याइ भेट्नी वातावरण समेत मिलाएका थिए । मोना कुवेतका पदाधिकारीले समय – समयमा अस्पताल गएर उनको स्वास्थ्य अवस्था बारेमा जानकारी लिइरहेको बताएका छन । उनको उद्धार कार्यमा जुट्न कुवेतमा कृयाशिल सबै संघ – संस्थाहरु संग पनि आग्रह गरेका छन । उनको उपचारमा निकै ठूलो रकम खर्च भएको छ । उनी अबैधानिक भएको र उनले त्यो सबै खर्च अस्पतालमा भुक्तान गर्न सक्ने अवस्था पनि छैन ।

नेपाली राजदुतावास कुवतले पनि उनको स्वास्थ्य अवस्था बारेमा अस्पताल गएर जानकारी लिइरहेको बताएको छ । उनको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गर्नको लागि पनि सक्दो पहल गर्ने नेपाली राजदुतावास कुवेतका तृतीय सचिब मनोज सिहले बताएका छन । उनको स्वास्थ्यमा सुधार भए पश्चात् सबै कागजात मिलाएर नेपाल पठाउने जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...