Thursday 16th May 2024

कतारमा लमजुङका एक युवाको सुतेको ओछ्यानमै निधन


तितोपाटी – बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराती १२ बजेतिर मृत्यु भएको हो। राती आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा उनको मृत्युु भएको बुझिएको छ ।

बेलुकी सहज रूपमा सुतेका उनी अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेर तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बुझिएको छ । लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ। दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए।

शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए। उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियमसंगतको बीमा रकम पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए।

 घरमा श्रीमती, १३ र ७ वर्षीया २ छोरी र ५ वर्षीया १ छोरा रहेका दवाडी गत ६ महिन भित्रमा पटक बुबा अामाको ३ महिनाको फरकमा मृत्यु भएपछि २ पटक नेपाल फर्केका थिए । आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...