Friday 25th September 2026

कतारमा लमजुङका एक युवाको सुतेको ओछ्यानमै निधन


तितोपाटी – बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको मृत्यु भएको हो । लमजुङ सेवा समाज कतारका अध्यक्ष नवराज नखोलाकाका अनुसार २ वर्षदेखि कार्यरत उनको शनिबार मध्यराती १२ बजेतिर मृत्यु भएको हो। राती आफ्नै क्याम्पको बिछ्यौनामा सुतेकै क्रममा उनको मृत्युु भएको बुझिएको छ ।

बेलुकी सहज रूपमा सुतेका उनी अचानक राति अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेर तत्काल कम्पनीमा खबर गरी एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको बुझिएको छ । लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष विनोदप्रसाद बसौलाका अनुसार दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको छ। दवाडी अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत थिए।

शवलाई नेपाल पठाउने तयारी गरिएको अध्यक्ष नखोलाले बताए। उनका अनुसार कम्पनीले एचआर म्यानेजर फिलिपिनो नागरिक रुवानलाई शव लिएर पठाउने तयारी गरेको जानकारी प्राप्त भएको छ। मृतकको परिवारलाई नियमसंगतको बीमा रकम पठाइने पनि कम्पनीले जनाएको अध्यक्ष नखोलाले बताए।

 घरमा श्रीमती, १३ र ७ वर्षीया २ छोरी र ५ वर्षीया १ छोरा रहेका दवाडी गत ६ महिन भित्रमा पटक बुबा अामाको ३ महिनाको फरकमा मृत्यु भएपछि २ पटक नेपाल फर्केका थिए । आमाबुवाको ३ महिनाको फरकमा निधन भएपछि उनी तनावमा थिए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...