Wednesday 26th August 2026

केन्याको एउटा बारबाट याैन व्यापारको लागि पुर्याइएका १२ नेपाली युवती पक्राउ


तितोपाटी-केन्यामा १२ जना नेपाली युवती प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरीले मोम्वासाको नियालीस्थित न्यू रंगिला बारमा शनिबार बिहान छापा मारी उनीहरुलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बार डान्सरको रुपमा उनीहरुलाई मानव तस्करहरुले त्यहाँ पुर्‍याएको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा ती नेपाली युवतीहरुलाई बारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ। बार सञ्चालकको साथबाट प्रहरीले क्यानेडियन राहदानी बरामद गरेको छ। राहदानीमा उनको नाम असिफ अमिराली अलिभाई जेजेथा उल्लेख भएपनि त्यो उनको परिचय नभएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा नेपाली युवतीहरु लुंगा-लुंगा बोर्डर हुँदै केन्या पसेका थिए। प्रहरीले उनीहरु नेपालबाट केन्या कसरी आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ।बार सञ्चालकसहित उनीहरुलाई सोमबार मोम्वास अदालतमा लैजाने तयारी रहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...