Friday 25th September 2026

युएइमा सवारी दुर्घटनामा २ जना नेपालीको मृत्यु


तितोपाटी – युनाइटेड अरब इमिरेट्स (यूएई)मा दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको भने २ जनाको अवस्था गम्भीर रहेको छ। आफन्त विरामी भएर उपचारका लागि अस्पताल लैजाँदै गरेको अस्थामा चार जना नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो। दुर्घटना युएईको आबुधाबीमा भएको त्यहाँको संचारमाध्यमले जनाएको छ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न नसकेकाे बताइएकाे छ।

दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको यूएई प्रहरीको भनाइ छ। परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...