Sunday 25th October 2026

युएइमा सवारी दुर्घटनामा २ जना नेपालीको मृत्यु


तितोपाटी – युनाइटेड अरब इमिरेट्स (यूएई)मा दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको भने २ जनाको अवस्था गम्भीर रहेको छ। आफन्त विरामी भएर उपचारका लागि अस्पताल लैजाँदै गरेको अस्थामा चार जना नेपाली सवार ट्याक्सी दुर्घटनामा परेको हो। दुर्घटना युएईको आबुधाबीमा भएको त्यहाँको संचारमाध्यमले जनाएको छ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न नसकेकाे बताइएकाे छ।

दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको यूएई प्रहरीको भनाइ छ। परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...