Thursday 17th September 2026

कुवेतमा तीन किराँती सस्थाले संयुक्तरूपमा साकेला उभौली चाड मनाउने


तितोपाटी – कुवेतमा तीन किराँती सस्था किराँत राई यायोक्खा कुवेत, किराँत याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा शुभकामना आदानप्रदानका साथ साकेला उभौली चाड मनाउने भएका छन । गत शुक्रबार २२ मार्चमा कुवेत स्थित फाहहिलमा बसेको तीन किरातिहरुको बैठकले आउदो जुन ७ तारिकका दिन उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । उक्त दिनको बैठकले कार्यक्रम संयोजकको लागि किरात राई यायोक्खाका अध्यक्ष मन्जित चाम्लिङ राइलाई जिम्मेवारी दिएको छ ।

नेपालको विभिन्न क्षेत्रहरूबाट वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेतमा आइ कार्यरत भएर पनि किराँती  समुदायहरुले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्दै आएको छ । कुवेतमा अलपत्र परेका नेपालीहरुको पनि उद्धार कार्यमा उल्लेख्य सहयोग गर्दै आएको छ । कुवेतमा मात्र सिमित नभई नेपालमा समेत दुखी, गरीब, असहाय लगायत लाई आर्थिक सहयोग गर्दै आएको छ ।  सुरुवातका वर्षहरुमा आ-आफ्नो संस्थाले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएता पनि बिगत केहि बर्ष देखि भने “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ तीन किराती संस्थाहरुले किरातीहरुको चाड संयुक्तरुपमा आयोजना गर्दै आएको छ ।

बिगत वर्षका कार्यक्रमहरुमा नेपालबाट ख्याती प्राप्त अतिथि कलाकारहरुको साथमा मनाउँदै आएता पनि यस पटक भने स्थानिय कलाकारहरुको साथमा बिभिन्न साँस्कृतिक झाँकीका साथ कार्यक्रम मनाउने तयारिमा जुटेको अध्यक्ष राईले तितोपाटी लाई बताएका छन् ।

राई समुदायहरुले मान्ने उभौली येले दोङ ५०७९, लिम्बुहरुले मान्ने यक्वा तङनाम येले तम्बे ५०७९  र सुनुवारहरुले मान्ने सालिवा स्याँदर पिदार संयुक्त कार्यक्रमको संयोजन किरात राई यायोक्खा कुवेतले गर्ने भएको छ।

कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकार लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा गरिमामय  उपस्थितिको लागि कार्यक्रम संयोजक  मन्जित चाम्लिङ राइले हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रमको विवरण

मिति:०७ जुन २०१९

समय: बिहान ११ बजेदेखी

स्थान:  अडिटोरियम हल, फर्वानिया, कुवेत


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...