Tuesday 6th October 2026

टेक बिष्ट र लिला गिरिको दमदार अभिनय रहेको डेउडा गित सार्वजनिक(भिडियो सहित)


तीतोपाटी- नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक शेर बहादुर भण्डारीको“न छुट्ने भ्या झल्का तेरा“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मौलिक डेउडा सृजनामा पछिल्लो समय तथा बिगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाइसकेकि डेउडा गायिका शोभा थापा र शेरबहादुर भण्डारीको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेकि गायिका थापा यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।

गायक,संगितकार तथा गितकार जमान भण्डारीको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन सुदुरपश्चिममा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल चर्चित निर्देशक भिम थापाले गर्नुभएको छ । उक्त्त गितको छायांकन चक्र बरालले गरेका हुन भने सम्पादन प्रविन रश्मि अधिकारिले गरेका छन ।

विजय थापाले संगीत संयोजन गरेको यस गीतमा टेक बिष्ट र लिला गिरिको दमदार अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...