Thursday 8th October 2026

कुवेतमा राजेश पायल राइले अप्रिल १९ मा धमाका मच्चाउने


तितोपाटी – नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ ।

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध हुँदै  एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले यो भन्दा पहिले पनि अतिथि कलाकार गायक डम्बर नेपाली, बिजय लामा, गायिका सावित्री जोशी, ज्योति मगरको साथमा भब्य सांगीतिक  कार्यक्रमहरु गरी सकेको छ । यस पटक पनि मेघा स्टार राई इच किङ्स राजेश पायल राईको साथमा  साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।

समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ- संस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि समाजको अध्यक्ष राम लामाले आग्रह गरेका छन ।

कार्यक्रमको विवरण
मितिः १९ अप्रिल २०१९
स्थानः नटिंघम ब्रिटिस स्कुल, जलिब
समयः बिहान ११ बजे
आयोजक : नेपाल कुवेत सरोकार समाज


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...