Monday 22nd June 2026

प्यारालाइसिस पिडितलाई कुवेत नेपाली एकता समाजले गर्यो अार्थिक सहयोग


तीतोपाटी-राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ।यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाजसेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित उपचार गर्न अार्थिक अभाव भएको कारणले देशविदेशबाट सहयोगी मनहरुले सहयोग गर्दै अाउनुभएको छ।

त्यसै अनुरुप कुवैत नेपाली एकता समाजले पनि नर बहादुर जिसीको पृष्ठभुमी र योगदानलाई सम्मान गर्दै वहाँको उपचारको लागी थोरै भए सहयोग गरेर सहभागी बन्ने निर्णय गरी उक्त संगठनको केन्द्रिय समिती र सदस्यहरुबाट संकलित रकम १५००० नेपाली रुपैयाँ एक कार्यक्रमका विच सोही संगठनका केन्द्रिय सदस्य गोपाल नेपालीले हस्तान्तरण गर्दै वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो।

   उक्त हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका वडा नं.९की जनप्रतिनिधी विष्णकली दर्जी,राष्ट्रिय जनमोर्चाका वडा सचिव मेघराज शर्मा,शिक्षक राम पौडेल,प्र.अ. खगराज शर्मा र जनप्रतिनिधी लिला अाचार्य लगायतको उपस्थित रहेको थियो।

   यसरी सानो भए पनि अार्थिक पिडितको उचाचार गर्नको लागी अार्थिक संकलन गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यावाद साथै कुवेत नेपाली एकता समाज सपरिवार प्यारालाइसिसबाट पिडित नर बहादुर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...