Saturday 24th October 2026

प्यारालाइसिस पिडितलाई कुवेत नेपाली एकता समाजले गर्यो अार्थिक सहयोग


तीतोपाटी-राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ।यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाजसेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित उपचार गर्न अार्थिक अभाव भएको कारणले देशविदेशबाट सहयोगी मनहरुले सहयोग गर्दै अाउनुभएको छ।

त्यसै अनुरुप कुवैत नेपाली एकता समाजले पनि नर बहादुर जिसीको पृष्ठभुमी र योगदानलाई सम्मान गर्दै वहाँको उपचारको लागी थोरै भए सहयोग गरेर सहभागी बन्ने निर्णय गरी उक्त संगठनको केन्द्रिय समिती र सदस्यहरुबाट संकलित रकम १५००० नेपाली रुपैयाँ एक कार्यक्रमका विच सोही संगठनका केन्द्रिय सदस्य गोपाल नेपालीले हस्तान्तरण गर्दै वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो।

   उक्त हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका वडा नं.९की जनप्रतिनिधी विष्णकली दर्जी,राष्ट्रिय जनमोर्चाका वडा सचिव मेघराज शर्मा,शिक्षक राम पौडेल,प्र.अ. खगराज शर्मा र जनप्रतिनिधी लिला अाचार्य लगायतको उपस्थित रहेको थियो।

   यसरी सानो भए पनि अार्थिक पिडितको उचाचार गर्नको लागी अार्थिक संकलन गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यावाद साथै कुवेत नेपाली एकता समाज सपरिवार प्यारालाइसिसबाट पिडित नर बहादुर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...