Saturday 24th October 2026

एजेण्ट मार्फत कुवेत आएकी रीता ६ वर्ष देखी सम्पर्क बिहीन,खोजी गर्न परिवारको अनुरोध


बसन्त थापा-कुवेत/ रोजगारीको शिलशिलामा रहेकी कुवेतमा कार्यरत रिता कुमारी शर्मा नाम गरेकी एक नेपाली महिला बिगत ६  वर्ष देखि सम्पर्क बिहीन रहेकी छिन। 

बाके जिल्लाको सितापुर- २ घर भएकी रिता कुमारी शर्मा नाम रहेकी उक्त नेपाली महिला बिगत ६ वर्ष देखि सम्पर्कमा नरहेको भन्दै खोजिकार्य गरिदिन रिता स्थित परिवार तथा आफन्तजन हरुले अनुरोध गरेका छन।

८ वर्ष पहिला एक छोरा र दुइ छोरीलाइ छोडी उनै परिवारको लागि केहि गर्ने भन्दै मिठो सपना बुनेर एजेन्ट मार्फत कुवेत छिरेकी रिताले कुवेत आएको दुइ वर्ष सम्म घर परिवार तथा आफन्तजन हरु संग लगातार सम्पर्कमा रहेकी थिन भने बिगत छ वर्ष देखि कुनै पनि सम्पर्कमा नरहेको रिताका श्रीमान मेघराज शर्माले बताए 

पिडित मेघराजका अनुसार आफुले सक्दो खोजि गरिरहेको र खोजि कार्य गर्न समेत आव्हान गरिररहेको भएता पनि अहिले सम्म नभेटिएको बताउदै प्रत्यक दिन श्रीमती फर्किने आशामा बितिरहेको भन्दै निराशाका दिन हप्ता  महिना हुदै अहिले ६ वर्ष देखि सम्पर्क नभएको बताए।

एजेन्ट खडानन्द कडेल द्वारा नेपाल बाट कुवेत आएकी रितालाइ भने कुवेत स्थित कार्यरत खडानन्द कडेलकी श्रीमती रितु कडेलले कुवेतको विमानस्थल बाट रिसिव गरेको र ६ वर्ष देखी सम्पर्कमा नआएको बताऊदै सुदुरपश्चिम सेवा समाज कुवेत की महिला कोषाध्यक्ष नीरूमाया खड़काले तितोपाटीलाइ जानकारी दिएकी  हुन।

श्रीमती हराएपछि पिडित मेगराजले कुवेतमा क्रियाशील विभिन्न संघ संस्था तथा बुद्धिजीवि व्यक्तित्व द्वारा आफ्नो श्रीमतीको खोजिकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...