Thursday 11th June 2026

एजेण्ट मार्फत कुवेत आएकी रीता ६ वर्ष देखी सम्पर्क बिहीन,खोजी गर्न परिवारको अनुरोध


बसन्त थापा-कुवेत/ रोजगारीको शिलशिलामा रहेकी कुवेतमा कार्यरत रिता कुमारी शर्मा नाम गरेकी एक नेपाली महिला बिगत ६  वर्ष देखि सम्पर्क बिहीन रहेकी छिन। 

बाके जिल्लाको सितापुर- २ घर भएकी रिता कुमारी शर्मा नाम रहेकी उक्त नेपाली महिला बिगत ६ वर्ष देखि सम्पर्कमा नरहेको भन्दै खोजिकार्य गरिदिन रिता स्थित परिवार तथा आफन्तजन हरुले अनुरोध गरेका छन।

८ वर्ष पहिला एक छोरा र दुइ छोरीलाइ छोडी उनै परिवारको लागि केहि गर्ने भन्दै मिठो सपना बुनेर एजेन्ट मार्फत कुवेत छिरेकी रिताले कुवेत आएको दुइ वर्ष सम्म घर परिवार तथा आफन्तजन हरु संग लगातार सम्पर्कमा रहेकी थिन भने बिगत छ वर्ष देखि कुनै पनि सम्पर्कमा नरहेको रिताका श्रीमान मेघराज शर्माले बताए 

पिडित मेघराजका अनुसार आफुले सक्दो खोजि गरिरहेको र खोजि कार्य गर्न समेत आव्हान गरिररहेको भएता पनि अहिले सम्म नभेटिएको बताउदै प्रत्यक दिन श्रीमती फर्किने आशामा बितिरहेको भन्दै निराशाका दिन हप्ता  महिना हुदै अहिले ६ वर्ष देखि सम्पर्क नभएको बताए।

एजेन्ट खडानन्द कडेल द्वारा नेपाल बाट कुवेत आएकी रितालाइ भने कुवेत स्थित कार्यरत खडानन्द कडेलकी श्रीमती रितु कडेलले कुवेतको विमानस्थल बाट रिसिव गरेको र ६ वर्ष देखी सम्पर्कमा नआएको बताऊदै सुदुरपश्चिम सेवा समाज कुवेत की महिला कोषाध्यक्ष नीरूमाया खड़काले तितोपाटीलाइ जानकारी दिएकी  हुन।

श्रीमती हराएपछि पिडित मेगराजले कुवेतमा क्रियाशील विभिन्न संघ संस्था तथा बुद्धिजीवि व्यक्तित्व द्वारा आफ्नो श्रीमतीको खोजिकार्यमा सहयोग गरिदिन अनुरोध गरेका छन।


सम्बन्धित शीर्षकहरु

२०२६ फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुने अपेक्षा गरिएको छ…

अमेरिका र इरानबीच मध्यपूर्वमा लगातार आक्रमण र प्रतिआक्रमण जारी रहँदा अप्रिलमा भएको कमजोर युद्धविराम झन् अस्थिर बनेको छ भने अमेरिकाले…

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

प्रतिकृयाहरू
...