Saturday 20th April 2024

माैलिक पञ्चेवाजा संरक्षणमा जुर्मुराए प्रवासी युवाहरू


तितोपाटी – वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका नेपाली युवाहरू नेपाली माैलिक पञ्चेवाजा संरक्षणमा लागेका छन् । परम्परागत रूपमा परियारहरूले बजाउने गरेको पञ्चेवाजा बजाउने मान्छे नभएर लोप हुँदै गए पछि हाल यसको संरक्षणको लागि नेपालमा बाजा बजाउन जान्ने जो कोही जात वर्गले पनि अा-अाफ्नो समुह बनाएर पञ्चेवाजा बजाउन थालेका छन् भने प्रवासमा अाएका युवाहरूले पनि नेपाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रवासमा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा पञ्चेवाजा बजाएर यसको लोप हुन बाट बचाउन लागि परेका छन् ।

कुवेतमा पञ्चेवाजा बजाउन विभिन्न जिल्लाबाट कुवेतमा रोजगारीका लागि अाएका युवाहरूले एउटा छुट्टै समुह बनाएर सकृय भएका छन्  । उनीहरूलाइ कुवेत स्थित लालीगराँस साँस्कृतिक परिवारले अाफु मातहत व्यवस्थापन गरेको भए पनि पञ्चेवाज बजाउने युवाहरू कुवेमा हुने हरेक साँस्कृतिक गतिविधिमा स्वतन्त्र रूपमा अाफ्नो टिम लिएर पञ्चेवाजा बजाउन जाने गरेका छन् ।

कुवेतमा सर्वप्रथम पञ्चेवाजा भित्र्याउने श्रेय राजेन्द्र बिरहीलाइ गए पनि त्यसको व्यबस्थापन, संरक्षण र सम्बर्द्धनको लागि पञ्चेवाजा टोली स्वयं लागि परेको छ । कुवेतमा पञ्चेवाजा बजाउनको लागि बिष्णु सुनारको संयोजकत्वमा १३ सदस्यीय टोली सकृय छ । टोलीका अन्य सदस्यहरूमा शुरेश सेन्चुरी, ललित बराल, बिराज तामाङ, मुक्त बहादुर बि.क., मधुसुधन न्याैपाने, प्रिन्स ब्वाय, अरूण रास्कोटी मगर, बाबु मल्ल ठकुरी, रवि परियार, सपना थापा मगर, नानु राना मगर र देवी थापा मगर रहेका छन् ।

पञ्चेवाजा टोलीका संयोजक बिष्णु भन्छन्,  परापुर्व कालमा कुनै जात विशेषले पञ्चैवाजा बजायो भन्दैमा अरूले बजाउन हुँदैन भन्नु सामन्ती सोच, रूढीवादी र पुरातनवादी निकृष्ट विचारको कारण माैलिक पञ्चेवाजा लोप हुन लागेको हो । पञ्चेवाजा बजाउन कुनै जात वर्ग वा समुदायको हुनु पर्दैन । जसले बजाउन जान्दछ उसले बजाउन हुन्छ भन्ने मान्यता राखेर हामीले कुवेतमा पञ्चेवाजालाइ सँस्थागत गराएर  कुवेतमा हुने हरेक गतिविधिहरू जस्तै वनभोज, विवाह, जन्मोत्सव, साँस्कृतिक कार्यक्रमहरूमा पञ्चेवाजा बजाउने गरेका हाैं ।

पञ्चेवाजा टोलीको सम्बन्धमा लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष माधव पाैडेलले भने, प्रवासको व्यस्त दैनिकीको वावजुद पनि कलाकार साथीहरूले जागिरको अप्ठेराहरूलाइ मिलाएर हरेक कार्यक्रममा पञ्चेवाजा बजाउन गएर लालीगुराँस साँस्कृतिक परिवारको इज्जत बढाएको छ ।

पञ्चेवाज बजाउनु चानेचुने कुरा होइन । एक त लोप हुन लागेको वाजा, अर्को तर्फ प्रवासमा न्युन ज्यालामा मजदुरी गर्न अाएको युवा वर्ग, त्यसै गरि वाजाहरू जुटाउन कति गार्हो त्यति हुँदा हुँदै पनि कुवेतमा नेपाली युवाहरूले पञ्चेवाजा बजाइ रहेका छन् । युवाहरूले अाफ्नै खर्चले नेपाल गएर पञ्चेवाजाका सबै बाजाहरू नरसिंहा, सहनाइ, ढलकी, दमाहा, झ्याली, ट्यांकुडी, मोली, सारंगी, बाँसुरी, मादल ल्याएका छन्  भने पञ्चेवाजा टोलीको छुट्टै ड्रेस पनि सिलाएर ल्याएका छन् ।

प्रवासको महंगो रोजगारीमा अाएर पनि पञ्चेवाजा संरक्षणमा लागेको उक्त टोलीले हरेक नेपालीले माैलिक पञ्चेवाजा संरक्षणमा लागि पर्नु पर्छ भन्दै कुवेतमा कृयाशिल सम्पुर्ण नेपाली संघ सँस्था, नेपाली राजदूतावास कुवेत, पत्रकार, सामाजिक अभियन्ता, बुद्धिजीवि, समाजसेवी, कलाकार, खेलाडी लगायत सर्वसाधारण सबैको साथ सहयोग र समर्थको अपेक्षा गर्दै यदि कुनै संघ सँस्थाले अाफ्ना कार्यक्रमहरू गर्दा पञ्चे बाजा बजाउन चाहेमा  ३५ केडि र व्यक्तिगत प्रयोजनका कार्यहरू जस्तै जन्मोत्सव, न्वारन, भातखुवाइ, विवाह  लगायतका संस्कारमा पञ्चेवाजा बजाउन चाहेमा २१ केडि  सेवाशुल्क तिरेर पञ्चेवाजा टोलीलाइ बोलाउन सकिने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...