Saturday 31st October 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने


तितोपाटी –  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च  २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । 

म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले  छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्य गर्दै आएको छ ।

कुवेतमा कृयाशिल संघ सस्थाहरु संग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा  कृयाशिल कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको  छ ।
स्थान :- फर्वानिया, कुवेत (अल हाइतम रेस्टुरेन्ट पछाडीको हल)
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

थप जानकारीको लागि :-
संयोजक :- प्रेम बहादुर बिश्वकर्मा (+965 517 84715)


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...