Saturday 16th May 2026

तमु प्ये ल्हु संघ कुवेतले तमू ल्होसार जनवरी ११ तारिक मनाउने


तितोपाटी  -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात (शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेतमा  पनि तमु / गुरुङहरुको मौलिक धर्म ,संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ बारे जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्वहरु पनि मान्दै आएको छ ।

कार्यक्रमलाई सब्य भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले मुख्य प्रायोजन गरेको छ। भने साथमा स्थानीय कलाकारहरुको आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथि हरु लाई संस्थाका कलाकर भाई बहिनीहरुको जोडदार प्रस्तुतीको साथ मनोरञ्जन दिने अध्यक्ष उमा तमुस्योले जानकारी दिएकी छिन ।

उक्त तमु फो-ल्होसार कार्यक्रम लाई ऐतिहासिक रुपमा भव्य र सभ्यका साथ  सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन ।

जानकारी:-
मिति:जनावारी ११ तारिक २०१९ शुक्रबार
समय:ठिक १२ बजे देखी
स्थान:फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक: तमु प्ये ल्हु संघ कुबेत


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...