Thursday 24th September 2026

युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु


तितोपाटी – युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएइ अाएका नेपालीहरू मध्ये सन २०१८ मा त्यति नेपालीहरूकाे ज्यान गएको नेपाली राजदूतावास अवुधावीले जनाएको छ । दूतावासले हिँजो एक संक्षिप्त विवरण जारी गरि एव वर्ष भरि ज्यान गुमाएका नेपालीहरूको तथ्यांक सार्वजनिक गरेको हो ।

मृत्यु हुनेहरूमा ८ जना महिला रहेका छन् भने ९५ जना पुरूष रहेका छन्  । दूतावासको तथ्यांकमा जनाइए अनुसार प्राकृतिक कारणले ३ जना महिला तथा ४४ जना पुरूष गरि ४७ जनाको ज्यान गएको छ भने ३ जना महिला र ३० जना पुरूष गरि ३३ जनाको मृत्यु भएको छ । त्यसै गरि सडक दुर्घटनामा परि २ जना महिला तथा २१ जना पुरूष गरि २३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरू मध्ये ९९ जनाको शव नेपाल पठाइ सकिएको र हत्या भएको भनिएकी सृजना बराल लगायत ४ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासको संक्षिप्त विवरणमा जनाइएको छ ।

दूतावासको संक्षिप्त विवरण जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...