Saturday 24th October 2026

युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु


तितोपाटी – युएइमा सन २०१८ मा १०३ जना नेपाली श्रमिकहरूको मृत्यु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा युएइ अाएका नेपालीहरू मध्ये सन २०१८ मा त्यति नेपालीहरूकाे ज्यान गएको नेपाली राजदूतावास अवुधावीले जनाएको छ । दूतावासले हिँजो एक संक्षिप्त विवरण जारी गरि एव वर्ष भरि ज्यान गुमाएका नेपालीहरूको तथ्यांक सार्वजनिक गरेको हो ।

मृत्यु हुनेहरूमा ८ जना महिला रहेका छन् भने ९५ जना पुरूष रहेका छन्  । दूतावासको तथ्यांकमा जनाइए अनुसार प्राकृतिक कारणले ३ जना महिला तथा ४४ जना पुरूष गरि ४७ जनाको ज्यान गएको छ भने ३ जना महिला र ३० जना पुरूष गरि ३३ जनाको मृत्यु भएको छ । त्यसै गरि सडक दुर्घटनामा परि २ जना महिला तथा २१ जना पुरूष गरि २३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरू मध्ये ९९ जनाको शव नेपाल पठाइ सकिएको र हत्या भएको भनिएकी सृजना बराल लगायत ४ जनाको शव नेपाल पठाउन बाँकी रहेको दूतावासको संक्षिप्त विवरणमा जनाइएको छ ।

दूतावासको संक्षिप्त विवरण जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...