Monday 6th May 2024

शिल्पी संघ नेपाल – कुवेतको प्रथम अधिबेशन समारोहको सम्पुर्ण तयारी पूरा


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रमको  सम्पुर्ण तयारी पूरा भएको छ ।

शिल्पी संघ नेपाल कुवेतले भोलि २८ डिसेम्बर २०१८ का दिन ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै विविध साँस्कृतिक कार्यक्रम सहित अधिबेशन गर्ने भएको छ । कुवेत स्थित जिलिबको पपिन्स हलमा अधिबेशन समारोह सम्पन्न हुने शिल्पी संघ नेपाल कुवेतका वरिष्ठ सल्लाहकार विकल्पले तितोपाटी लाई जानकारी दिएका छन ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको अधिबेशन समारोहमा उपस्थित हुनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको  छ ।
स्थान :- पपिन्स हल जिलिब, कुवेत
मिति :- २८ डिसेम्बर २०१८ (शुक्रबार )
समय :- बिहानको ठिक १०:३० बजे

थप जानकारीको लागि :
कार्यक्रम संयोजक – गोपाल गदाइली (६६५४२५१०) दिपेश नेपाली – ९८५१२०८६
सबिन लाम्गाडे – ९५५३०२७५
मुना गहतराज – ६६११९८४३
राम नेपाली – ९८१०३८९१
करन गोतामे – ६६०११९७६
प्रसनता परियार – ६६९६९३४६
ज्ञान गजमेर – ५५७३४६२२


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...