Sunday 17th May 2026

कुवेतमा किरातीहरू द्वारा उधौली पर्व भव्यरूपमा सम्पन्न


बसन्त थापा- कुवेत/ किरातीहरुको महान चाड उधौली , स्यादर पिदर , चासोक तङ्नाम – ५०७८ लाई किराती तथा गैरकिरातीहरु द्वारा कुवेतमा २१ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ सम्पन्न भएको छ।

किरात समुदायले मंसिरे पूर्णिमामा उधौली विभिन्न कार्यक्रम गरी देश बिदेशमा धुमधामका साथ मनाउँने प्रचलनलाई निरन्तरता दिन कुवेतमा स्थापित तीन किराती संस्थाहरु सुनुवार सेवा समाज कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र किरात राई यायोक्खा कुवेतको संयुक्त आयोजनामा किरातीहरुका महान चाड सहितको विविध किराती साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम मूल कमिटीका संयोजक यम सुनुवार रहेका थीए भने लाल बहादुर सुनुवारको सभापतित्व तथा नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेंद्र लिंगदेन प्रमुख अथित्यमा आयोजित उक्त कार्यक्रममा कुवेतमा स्थापित विभिन्न सामाजिक, जिल्ला, जातिय तथा वैचारिक संघ सस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी र व्यवसायिक हरूको अथित्य रहेको थियो । 

कार्यक्रमका सभापति, प्रमुख अतिथि लगाएत विशेष अतिथिहरुका बाहुलीबाट ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन गरेर कार्यक्रमको शुभारम्भ गरिएका् थियो । उपस्थित सबैले राष्ट्रियगान गायर पछिल्लो समयमा बिभिन्न कारणले मृत्यु भएका प्रति चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरे पश्चात कार्यक्रमको सूरवात गरिएको थियो ।

किरात राई यायोख्या कुवेतकि सचिव, कबिता राईले स्वागत मन्तब्य राख्दै यस चार्ड बारे प्रकाश पारेकी थीइन । 

हरी बानिया, राजु गुरूँग, जय आले मगर,देवि चेमज़ोंग,मनजीत चाम्लिंग राई, धीरेन्द्र पन्त, सुमित्रा पौडेल, पर्सुराम कुँवर छेत्री, अमृत तामाँग, भोगेंद्र लिंगदेन, लगायतले शुभकामना मन्तव्य राखेका थीए भने शुभकामना मन्तव् राख्ने क्रममा वक्ताहरूले तीन किरातीहरुले प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र सस्कृतिको जर्गेना गर्नमा कुनै कसर बाँकी नराखेको अभिमत राखेका थिए।

सुनुवार, लिम्बु र राईका जातिय भेषभुषामा सजिएका कलाकारहरुले बिभिन्न भाकाका बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा तिन किराती हरुले आ-आफ्ना सस्कृति झल्किने खालका झाकीहरु,केलाङ,साकेला,सुनुवार नृत्यहरु प्रस्तुत गरेका थीए।

लामो समय सम्म नेपाली दूतावास कुवेतमा कार्यरत रहेका प्रथम सचिव भोगेंद्र लिंगदेन सफल कार्यकाल सम्पन् गरी केही समयपछी कुवेत बाट नेपाल जाने तयारीमा रहेकाले उक्त कार्यक्रमको अवसर पारी किरातीहरुको महान चाड उधौली , स्यादर पिदर , चासोक तङ्नाम ५०७८ कार्यक्रम हिजो २१ डिसेम्बर २०१८, शुक्रबार को दिन कुवेतमा संचालित तीन किराँती संस्था द्वारा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव भोगेंद्र लिंगदेन लाई सम्मान सहित बिदाई गरिएको थियो । 

किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चमलिंग राईले कार्यक्रममा सहभागि सबैलाई स्वागत तथा आभार ब्यक्त गरेका थीए भने कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्नहुने तीनै सस्थाका सदस्यहरु लगाएत कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सहभागि सबैमा हार्दिक आभार र धन्यवाद ब्यक्त गर्दै कार्यक्रम संयोजक याम सुनुवारले कार्यक्रम समापन भएको घोषणा गरेका थीए।

बाक्लो संख्यामा कुवेतबासी किराती तथा गैरकिरातीहरुको सहभागिता रहेको कार्यक्रम किरात राई यायोक्खा कुवेतका                                     सचिव, रोसन राई, र सुनुवार सेवा समाज कुवेतका, महासचिव, टिकाराम सुनुवारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...