Thursday 8th October 2026

सिडि बिजय अधिकारी बने पहिलो’द भ्वाइस अफ नेपाल’


तितोपाटी डट कम-कतारमा सम्पन्न द भ्वाइस अफ नेपालको फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना।पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गर्नुभएको थियो ।

पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा सि डि बिजयले सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे । अाफूलाई भोटिङबाट तथा अाफ्ना गीतहरु सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौं दर्शक श्रोताहरुलाई धन्यवाद दिंदै बिजेता सिडि बिजयले भने, “यो क्षण मेरो साङ्गीतिक जीवनकै अविस्मरणीय क्षण हो ।” बिजेताले नगद रु २५ लाख, रु १० लाख बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गर्नेछन् ।
-जनसवालबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...