Wednesday 23rd September 2026

चितवनका ईन्द्र मणीको कुवेतमा मृत्‍यु


हरि कृष्ण न्यौपाने – साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको छ। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको आज डिसेम्बर-७, शुक्रबार-२०१८ का दिन बिहान मृत्‍यु भएको हो ।    

हाल नेपाल छुट्टीमा रहेका चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवकोटीले तितोपाटी डटकम सँग भने”उक्त रक्तचाप तथा हात-खुट्टा सुन्निएर कुवेतको फर्वानिया अस्पातल भर्ना भएका ईन्द्रमणीको निधनको खबरले परिवार शोकमा डुबेको छ। करिब ८-९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५बर्षिय ईन्द्रमणी केही समय देखी जन्डीस रोगले समेत ग्रस्त भएको शिवकोटीले बताए ।रोजगारिकै शिलशिलामा मृतकको श्रीमती इज्रायलमा रहेको तथा घरमा छोरी-छोरी रहेका छन। 

ईन्द्रमणीको मृत्‍युको बारेमा नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनलाई तितोपाटी सम्पादकले जानकारी गराइएको छ भने मृतकको बारेमा सबै जानकारी लिएर  कानुनी प्रकृयामा सहजिकरणका लागि दुताबासले सक्दो सहयोग गर्ने लिङ्देन बताएका छन।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...