Thursday 17th September 2026

बहराइनमा तमु फो ल्होसार(पुस १५) डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै


तिताेपाटी – यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन् ।

विशेष गरी सोरठी, घाँटु, सालैजो नृत्य लगायत नेपाली मौलिक संस्कृति झल्कने खालको विभिन्न नृत्य हुनेछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाली राजदूतावास बहराइनका महामहिम राजदूत श्री पदम सुन्दास ज्यु विषेश अतिथी गुरुङ (तमु) राष्ट्रिय परिषद नेपालका अध्यक्ष श्री रेशम गुरुङ लगायतका सम्मानित ब्याक्तित्वहरुको उपस्तिथी रहनेछ । बिगत लामो समय देखी नेपाली लोक कलाको संरक्षण गर्दै आएको तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरु पवित्र गुरुङ र मनिष गुरुङ साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीहरु रहने जानकारी सबैमा गराउन चाहन्छौ ।

तमु फो -ल्होसार आउन अब मात्रै २६ दिन रहेको हुँदा यस यो पर्वलाई भब्य रूपमा सफल पारिदिनु हुनको लागि बहराइनमा कृयाशिल सम्पूर्ण संघ संस्था, संगठनहरु, क्षेत्रीय एवं जातिय संस्थाहरु, कलाकार साथीहरु, ब्यवसायीहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई उपस्थित भई सधै झैं यस बर्षको फो-ल्होसार पनि भब्यताको साथ सफल पारिदिनु हुन साथै आ-आफ्नो ठाउँबाट प्रचार प्रसारमा पनि महत्वपुर्ण भूमिका खेलि दिनु हुन अनुरोध गर्दछौं ।

उक्त ल्होसार आस पासमा हुने कुनै पनि कार्यक्रम नराखी सहकार्य र एकताको भूमिका निभाइ दिनु हुन समेत तमु समाज बहराईन हार्दिक अनुरोध गर्दछ । आफ्नो देशबाट टाढा रहेर पनि आफ्नो आफ्नो कला संस्कृतिको संरक्षण एवं सम्बर्द्धन र प्रवर्द्धनका निम्ति सदैब लागि परेको यस तमु समाज बहराइनले स्थापना काल देखी बहराइनमा स्थापित नेपाली संघ संस्थाहरुले गर्दै आएको हरेक सांस्कृतिक कार्यक्रमहरुमा पनि सहयोग एवं हातेमालो गर्दै आएको छ र आगामी दिनमा पनि तमु समाजको सहकार्य निरन्तर रही रहने नै छ ।

प्रार्थी- अध्यक्ष नरेन्द्र घले एवं सम्पूर्ण तमु समाज बहराइन परिवार

तपसिल ,

मिति : यही आउदो २८ डिसेम्बर २०१८ शुक्रबारका दिन

स्थान : बाङ्ग साङ्ग थाइ, बहराइन

समय: दिनको ठिक ५:३० बजे देखि

(तमु समाज बहराईन परिवार)


सम्बन्धित शीर्षकहरु

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

अमेरिकी संसदको तल्लो सदनले रूसविरुद्ध नयाँ कडा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ अनुमोदनका…

प्रतिकृयाहरू
...