Wednesday 24th April 2024

कुवेतबाट बिप्लब माओबादीलाई पत्र”निर्मला पन्त हत्यारालाई कहिले समात्नु हुन्छ?”


आदरणिय कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवार,
कुवेतको मरूभुमीबाट अभिबादन।
महोदय,
धेरै सशस्त्र र निसशस्त्र क्रान्तिहरु(दश बर्षे जनयूद्द समेत)मार्फत धेरै ब्यबस्थाहरु परिवर्तन गर्दै हाम्रो देश संघिय गणतन्त्रमा पुगे पनि जनताको अवस्था भने अझै माथि उठ्न सकेको छैन।होला,तपाईंहरु संगै जंगलको ओडारमा बास बसेका र गिठ्ठा-भ्याकुर अनी सर्बसाधारणको घरमा गुन्द्रुक-ढिडो खाएका समकालिन सहयात्राी नेताहरु देशका प्रधानमन्त्री देखी उप-रास्ट्रपती समेत बने।धेरै नेताहरु र माथिल्लो तहका कार्यकर्ताहरुले आफुले चाहे जस्तो खल्ती भरे र राम्रो ठाउँमा पुगे।तपाइहरु पनि सम्मिलित १० बर्षे जनयूद्दले त सत्र हजारको ज्यानै लियो भने अझै धेरै बेपत्ता र अंग-भंग छन।त्यो बेला देखाइएको जनताको अधिकार जनता संगै र जनताकै हातमा बिकास भन्ने नारा अनी बर्गिय समानताका कुरा ईतिहासमै सिमित भए।त्यत्रो जनयूद्दको संघर्षबाट आएका नेताहरुमा जनता र देशको लागि त्याग हुनु भन्दा बिलासिताले गाँजेको देख्दा अझै कम्यूनिस्टको नाममा कमाउनिस्ट भएको देख्दा मन जली रहेको छ।खैर,अझ पनि क्रान्ति भन्दै तपाईंहरु पुन:अर्ध-भूमिगत शैलिमा क्रान्तिमै हुनुहुन्छ।तपाइहरुको क्रान्तिले कस्तो परिवर्तन ल्याउला त्यो त समयलेनै बताउला।

कमरेडहरु,गत शनिबार नोभेम्बर-२४,२०१८का दिन काठ्मान्डौमा पार्टी पुनर्गठन दिबस भन्दै तपाईंहरुले काठमान्डौको सडकलाई रक्त रन्जितनै बनाउनु भयो।कहरले वा रहरले को?कसरी?अनी कहाँबाट सहभागी भए, त्यो त आयोजक तपाईंहरुलाई नै थाहा होला तर सहभागीता अपेक्षित भन्दा धेरैको थियो।कार्यक्रममा कसले के बोल्यो भन्दा पनि नेकपा(चन्द)बिप्लब माओबादीका प्रबक्ता खडग बहादुर विश्वकर्मा(प्रकान्ड)को आफ्नो सम्बोधनमा करिब ४ महिना पहिले बालत्कार पछी हत्या गरिएकी कन्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको हत्यारालाई सरकारले समात्न नसकेको र सरकारकै मान्छेहरुले संरक्षण गरेकोले आफुहरुले पत्ता लगाएर सार्बजानिक गरी कारबाही गर्ने उध्घोषले मलाई यो पत्र लेख्न वाध्य बनायो।प्रकान्डले जनता जान्न चह्न्छन टेलिभिजन कार्यक्रममा पनि पुन: निर्मला पन्तको हत्यारा समात्ने बताएकोले ठुलो आशाको साथ यो पत्र लेख्दै छु।

गत साउन १० गते साथीको घरमा गएकी १३ बर्षिय निर्मला पन्तको बालत्कार पछीको हत्या घटनामा प्रारम्भिक अनुसन्धान देखी सबै प्रमाणहरु मेटाउने, नक्कली दोषी देखाउदै पक्राउ गर्ने देखी फोटो-फुटेज मेटाउन र बम दिदिबहिनी देखी घटनामा संलग्न हुनसक्नेहरुलाई समेत बचाउन ठुलो संयन्त्रनै बने वा बनाइयो।सात-सात वटा अनुसन्धान समिती बने, आन्दोलनमा अर्को बालकलाई गोली ठोकियो,एसएसपी लगाएत ७ जना प्रहरी सेवाबाट निकालिए, निर्मलाको बुवालाई मानसिक सन्तुलन बिग्रिएको बनाइयो र खुट्टा समेत भाचिएर काठमान्डौको शिक्षण अस्पातलमा भर्ना गरियो।घट्नाको परिघटना कति कति?एउटा घट्नाको वास्तविक दोषी पत्ता लगाउन नसक्नाले सरकार, गृहमन्त्री, सिंगो प्रहरी संयन्त्रको चर्को आलोचना भई रहेको छ।

एक बालत्कारी पक्रिनको लागि यस्तो बिकराल अवस्था श्रीजना भईरहदा बिप्लब माओबादीले हत्यारा पत्ता लगाएरै देखाउने भने पछी म लगाएत करोडौ नेपाली र ति निर्मलाका आमा-बाबु अनी आफन्तहरुमा केही खुसीको आभास भएको छ।तर धेरैले भनेका पनि छन, निर्मलाको हत्यारा पत्ता लगाउने घोषणा गर्न बिप्लब माओबादीलाई सभानै आयोजना गर्नु पर्‍यो,४ महिना सम्म कहाँ पुगेका थियौ लगाएत अनगिन्ती प्रश्न ठड्याइएको र सस्तो प्रचारको लागि निर्मलाको नाम जोडीएको पनि भनिएको छ।त्यसैले कमरेडहरु बिप्लब,प्रकान्ड अनी नेकपा(चन्द) परिवारलाई कुवेतको खाडीबाट निर्मला पन्त हत्याकान्डको दोषीलाई छिट्टै समातेर सबैका सामु ल्याउन र कहिले समात्छौ निर्मलाका हत्यारा?भन्नेहरुलाई राम्रो उदाहरण दिदै जनताको मन जित्ने काम गर्न अनुरोध गरै त्यो हत्यारा समाते पछी पुन: अर्को पत्र लेख्ने बाचा सहित अहिलेलाई बिदा।

कुवेतको मरुभुमीबाट तपाईंहरुको शुभ-चिन्तक

हरि कृष्ण न्यौपाने


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...