Wednesday 24th April 2024

कुवेतमा नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर स्थगन


तितोपाटी – नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ । 
कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य शिविर हुने भनिएको थियो।

कुवेतमा केही समय देखि प्रतिकूल मौसमका कारण लगातार वर्षा, तिव्रगतिको हावा साथै बाढीका कारणले गर्दा शिविर स्थगन गरिएको नेपाली राजदुतावास कुवेतका द्वितीय सचिब ज्ञानेन्द्र मगरले तितोपाटी लाई जानकारी गराएका छन ।

कुवेतमा केही दिन देखीको लगातार वर्षाका कारणले जनजीवन कष्टकर बनेको छ । विभिन्न ठाउँमा वर्षाका कारण बाटोघाटो समेत बन्द भएको छ । नेपाली राजदुतावास कुवेतले यहाँ कार्यरत सम्पुर्ण नेपालीहरु लाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...